कैलालीमा अन्तरजातीय विवाह गरेका जोडीलाई घर पुगेपछि आफन्तले अलग्याए

कैलालीको भजनीमा दलित सुमदायको युवक र गैर दलित समुदायको युवती बिच भागी विवाह भएको छ । २१ दिन अगाडि भजनी जिल्लाको नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र टीकापुरकी मालती रावल बिच विवाह भएको हो । उनीहरू बिच एक वर्ष देखि प्रेम सम्बन्ध रहेको जनाएको छ ।

विवाह गरेका उनीहरूले घरले स्वीकार नगर्दा जङ्गलमा लुकेर बस्नु परेको गुनासो गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनीहरूले गुनासो गरेका हुन् । प्रकाशले केटी पक्षबाट रुकुम घटना दोहोरिन सक्ने दम्की दिने गरेको सार्वजनिक भएको भिडियोमा भनेका छन् ।

‘हामीलाई रुकुम घटना दोहोरिन सक्छ भनेर परिवारले भनेका छन्’ उनले भने ।प्रकाश–मालती २१ दिन सम्म फाट्टफुट्ट गाउँमा आए पनि जङ्गलमा लुकेर बसेका थिए । विवाह गरे लगत्तै मालतीका आफन्तले प्रकाशलाई मारिदिने, घर जलाइदिने चेतावनी दिएपछि आफूहरू जङ्गलमा गएर बस्न बाध्य भएको प्रकाशले भिडिओमार्फत बताएका छन् । भिडियोमा उनीहरूले अन्तरजातीय विवाह गर्दा भोगेको मानसिक र सामाजिक विभेदको बारेमा बोलेका छन् ।

केटी पक्षले उमेर नपुगेको भन्दै अलग्याए

अन्तरजातीय विवाह गरेर जङ्गलमा बसेका एक जोडीलाई आफन्तले छुटाइदिएका छन् । आफन्तहरूले भजनी नगरपालिका–४ स्थित प्रकाशकै घरमा पुगेर छुटाएका हुन् । २५–३० जनाको समूहले युवतीलाई छुटाएर लगेको आफन्तले बताएका छन् । आफन्तका अनुसार केटा केटी दुवैको उमेर पुगेको छैन ।

कानुनी मान्यता केटा र केटी २० वर्ष पुगेका हुनुपर्ने व्यवस्था रहेको छ । नातामा प्रकाशका बाजे समेत पर्ने भजनी नगर कार्यपालिका सदस्य समेत रहेका प्रताप ताम्राकारले शुक्रवार दिउँसो साढे १ बजेतिर युवतीलाई २५–३० जनाको समूहले जिपमा हालेर लगेको बताए ।

‘केही दिन पहिले विवाह गरेर युवतीलाई ल्याएको थियो,’ ताम्राकारले भने, ‘धेरै दिन केटाकेटी जङ्गलमै बसेका थिए । तर आज दिउँसो युवती पक्षले उनलाई घरबाटै छुटाएर लग्यो ।’ उनकाअनुसार उनीहरू दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रहरीका अनुसार यता केटा पक्षले भने असार १७ गते युवती हराएको निवेदन प्रहरीमा दर्ता गरेको थियो । भजनी भएको थाहा पाएपछि उनीहरूले युवतीलाई घर लिएको बताइएको छ ।

युवायुवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कैलाली प्रहरीले समेत त्यसमा चासो लिएको छ । शुक्रवार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नरबहादुर साउँदले केटा र केटी दुवै पक्षलाई बोलाएको केटिएम दैनिकलाई जानकारी दिए । उनले प्रहरीमा केटा पक्षको उपस्थित समेत भइसकेको बताए । केटी पक्ष भने उपस्थिति भएको छैन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →