काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पदभार ग्रहण गरेकी छन।
नेतृ भुसालले पदभार ग्रहण गर्दै अबका दिनमा लोडसेडिङ हुन नदिने बताइन्।
सिंददरबारमा कार्यभार सम्हाल्दै मन्त्री भुसालले भनिन्, अहिले लोडसेडिङको समस्या जल्दोबल्दो छ। लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिऔं। बिजुली बत्ती बाल्नै नपाउनेहरू छन् उनीहरूसँग बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्छ,’
उनले देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्दै राम्रो परिणाममुखि काम निकाल्न सबै लाग्नुपर्ने बताइन्।