ओली सरकारले गरेका राजदूतको नियुक्ती खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका राजदूतको नियुक्ती खारेज गरेको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले जेठ १ मा ११ देशका लागि गरेको राजदूत नियुक्ती खारेज गरेको हो।

संसदीय प्रक्रियाविनै ती राजदूत नियुक्त गरिएको भन्दै सरकारले नियुक्ति खारेज गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

अघिल्लो सरकारले अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइनलगायत देशमा राजदूत नियुक्त गरेको थियो।

यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो।

त्यसैगरी सरकारले साउन ६ गते बुधबार इस्लाम धर्मालम्बीको पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए।

कार्कीका अनुसार मन्त्रिपरिषद्ले खोप उपलब्ध गराउने सम्पूर्ण छिमेकी र मित्रराष्ट्रलाई धन्यवाद दिँदै अनुदान वा खरिबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक र अन्य मित्र राष्ट्रलाई आह्वान गर्ने निर्णय गरेको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →