राजा हुन्छु भन्दै नारायणहिटीभित्र श्रीपेच निकाल्न खोज्ने पक्राउ

नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो ।

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । शुक्रबार बिहान अवलोकन गर्न पुगेका पश्चिम रूकुम घर भएका २५ वर्षिय खिमबहादुर घर्तीले श्रीपेच राखेको ठाउँको सीसा फोड्ने प्रयास गरेपछि त्यहाँ सुरक्षामा खटिएकाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

सिसा फुटाउँदा उनको हात समेत काटिएको छ । उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ ।घर्ती हालै बहराइनबाट नेपाल फर्केका हुन्।

संग्रहालयमा उनी दिउँसो साढे १ बजे श्रीपेच राखिएको कोठामा पुगेका थिए।

‘श्रीपेच निकालेर आफैं लगाउँछु, म राजा हुन्छु भनेर यस्तो गरेको उनले बताएका छन्,’ महानगरीय प्रहरी परिसरका वरिष्ठ उपरीक्षक अशोक सिंहले भने। घर्तीलाई अहिले वृत्त दरबारमार्गमा राखिएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →