काठमाडौं, असोज ८ गते । नेपाली कांग्रेस संस्थापनइतर समूहले आज काठमाडौंमा खबरदारी सभा गर्दैछ।
पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले दिउँसाे १ बजेपछि थापागाउँस्थित बानेश्वर बैंक्युटमा खबरदारी सभा गर्न लागेकाे हाे ।शेखर समूहले पटकपटक छुट्टै भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ ।
शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गर्दै अाएका कारण पनि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेकाे छैन ।
सिटकाे विषयमा कांग्रेसभित्रै दुई समूहबीच विवाद भइरहँदा यसकाे असर सत्ता गठबन्धनबीचकाे सिट बाँडफाँटमा परेकाे स्राेतले बताएकाे छ । आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ ।