ललितपुर, असोज ८ गते। शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ ।
कमजोरी र खाना अरुचि भएपछि अस्वस्थ हुनुभएका जोशीलाई स्वास्थ्य परीक्षणपछि पिसाबमा संक्रमण र डेङ्गी भएको पुष्टि भएको किष्ट अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । उहाँलाई अस्पतालले सुक्ष्म निगरानीमा राखेको छ।