बैंकिङ कसूर मुद्दाका फरार २ जना पक्राउ

काठमाडौँ, मङ्सिर १२ गते । बैंकिङ कसूर मुद्दाका फरार २ जना प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले काठमाडौँ टोखा बस्ने जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भएका ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेपलाञ्चोक

भुम्लु गाउँपालिका-१ घर भई भक्तपुर चागुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्द प्रसाद पराजुलीलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर बालकुमारीबाट देवी कृष्ण न्यौपानेलाई र भक्तपुर चागुनारायणबाट मुकुन्द प्रसाद पराजुलीलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७८ मंसिर १४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा देवी कृष्ण न्यौपानेलाई ९ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय तथा सोही अदालतको २०७९ साउन १५ गतेको फैसलाले मुकुन्द प्रसाद पराजुलीलाई १५ लाख रूपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भएको थियो ।

पीडितलाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीहरूले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनको लागि पक्राउ परेकामध्ये देवी कृष्णलाई जिल्ला अदालत ललितपुर र मुकुन्द प्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →