मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउन सुरु

काठमाडौं, मङ्सिर २७ गते । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीतका होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । आज सोमबारबाट होर्डिङ बोर्ड हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।

यस विषयमा व्यवसायीलाई पहिले नै सूचना दिइसकेको थियो । सोही अनुसार महानगरले आज बानेश्वर क्षेत्रबाट होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो ।

मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्ड, रक्सी चुरोटका विज्ञापन, अनुमती बिना राखिएका ठूला साइजका होर्डिङ बोर्ड र डिजिटल बोर्डहरू महानगरले हटाउन लागेको हो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →