एमालेका सांसद् कुइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, पुस २७ गते । गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद् लक्ष्मी महतो कुइरीलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेले प्रहरीलाई निर्देशन दिएको जनाइएको छ ।

राप्रपाले आयोजना गरेको चियापानमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री लामिछानेले महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताए ।

एमालेबाट निर्वाचित सांसद् उनी महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार उनले विश्वासको मत दिएका थिए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →