महंगी नियन्त्रणको मागसहित प्रधानमन्त्रीलाई अध्यक्ष नेपालको ज्ञापनपत्र

काठमाडौं, माघ १७ गते । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले महंगी नियन्त्रणको माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

महंगीका कारण जनतालाई बाँच्नै गाह्रो भएको भन्दै मंगलबार बालुवाटारस्थित प्रधानजमन्त्रीको सरकारी निवासमा पुगेर अध्यक्ष नेपालले महंगी नियन्त्रणसहितको माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमार्फत एकीकृत समाजवादीले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ गएको र महंगी बढेकाले मजदुर, किसान र सर्वसाधारण जनताले दैनिकजसो आत्महत्या गर्न थालेको भन्दै देशको आर्थिक संकट समाधानका लागि तत्कालै कदम चाल्न माग गरेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →