नेपाल–भारत विदेश सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा

काठमाडौं, फागुन १ गते। नेपाल–भारत द्विपक्षीय विदेश सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको छ ।

बैठकमा भारतीय टोलीको नेतृत्व विदेश सचिव विनयमोहन क्वात्रा र नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गरेका छन् ।बैठकमा कनेक्टिभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ ।

आज बिहान काठमाडौं आएका विदेश सचिव क्वात्राले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तोपत्र हस्तान्तरण गर्नेछन् ।विदेश सचिव क्वात्रा भाेलि स्वदेश फर्किनेछन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →