काठमाडौं, वैशाख २१ |नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ। नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई शपथ ग्रहण गराउन लागेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए।