माधव नेपालको प्रतिवेदनः वर्तमान समीकरण बदलिन सक्छ |

काठमाडौँ, वैशाख ३१ गते । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेश सभामा त्रिसङ्कु भएकाले सरकारको स्थिरतामाथि प्रश्न उठेको बताएका छन् । सत्ता समीकरणका प्रमुख नेता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेपालले राजनीतिक प्रतिवेदनमा यो आशंका गरेका हुन् ।

‘प्रतिनिधि सभा र प्रदेश सभा सबै त्रिसङ्कु भएको र सबैतिर गठबन्धन सरकार बनाउनु पर्ने अबस्था भएकाले सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था छ’ सोमबार पोलिटब्यूरो बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘वर्तमान पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार, वर्ग चरित्र र दृ ष्टिकोण फरक फरक भएता पनि संविधानको पूर्ण कार्यान्वयन, लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्दै मुलुकलाई संविधानले निर्देश गरेको समाजवाद उन्मुख दिशामा अगाडि बढाउने सवालमा सहमत भएर गठबन्धनमा रही सहकार्य गरिरहेका छन् । साझा सहमतिका आधारमा सरकार निर्माण गरी सञ्चालन गरिरहेका छन् ।’

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →