काठमाडौँ, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक बुधबार अपराह्न ५ बजे सिंहदरबारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार बिहान पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिनको प्रक्रियाबारे बैठकले निर्णय लिने बुझिएको छ ।
मन्त्रिपरिषद् बैठकले दुर्घटनाबारे छानबिन समिति बनाउने र उद्धार तथा राहतबारे समेत निर्णय लिने बुझिएको छ ।
सौर्य एयरलाइन्सको जहाज ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रनवे छाड्नेवित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक मनिषरत्न शाक्य घाइते भएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित…
काठमाडौँ, चैत १९ गते । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्टेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो । निगमले मलेसियाको क्वालालम्पुर हुँदै अष्टेलियाको शहर ब्रिश्वेन पुग्ने गरी आज साँझ ५ः३० बजे…
काठमाडौं, माघ १ गते । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए । विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए…