मुख्यमन्त्री जमरकट्टेल राजीनामा दिँदै

हेटौँडा, साउन ६ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज राजीनामा दिने भएको छ । बागमती प्रदेश सभाबाट विश्वासको

मत लिने प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दै छ । तर विश्वासको मत प्राप्त नहुने निश्चित भएसँगै उहाँले आजै राजीनामा दिने भएको हो ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन भन्दै यसअघि प्रदेश सभा सचिवालय बैठकमा समय व्यवस्थापनका लागि पत्र दर्ता गराउनुभएपछि प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले बागमती प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राखेपछि विश्वासको मतमाथिको छलफलमा दलका नेताहरूले बोल्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

प्रमुख विपक्षी दलका नेताका लागि समय सीमामा निर्धारण गरिएको छैन भने अन्य दलका नेतालाई १०–१० मिनेट बोल्न दिने गरी तय गरिएको छ । तर मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने गरी मतदानमा जाने सम्भावना कम हुँदै गएको छ । अल्पमतमा परेसँगै मुख्यमन्त्री जमरकट्टेल अविश्वासको प्रस्ताव वा राजीनामा भन्ने बारेमा अलमलमा पर्दै आउनुभएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →