पाइलट मनीष शाक्यको शल्यक्रिया सुरु,

काठमाडौँ, साउन ९ गते। सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको मेरुदण्डको अपरेशन गरिएको छ ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको अपरेशनका लागि अपरेशन थिएटरमा लगिएको एक चिकित्सकले जानकारी दिए ।

त्यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने ती चिकित्सकले बताए ।

अस्पतालका हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, फिजिसियनलगायत विशेषज्ञ चिकित्सकले उनको स्वास्थ्य जाँच गरिरहेका छन् ।

बुधबार काठमाडौंबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →