अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत्

असोज १४ गते । कपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्वका विषयमा उमेर हद बारे मतदान हुने भएको छ ।

बिहीबारदेखि सुरु भएको २३औँ सम्मेलन चलिरहेका बेला आइतबार बसेको माओवादी केन्द्रको बैठकले विद्यार्थी सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने जिम्मेवारी हललाई नै दिने निर्णय गरेको हो ।

अधिकांश नयाँ विद्यार्थी नेताहरू सम्मेलनमा सहभागी भएकाले आज हलले सङ्गठनमा उमेर हदबारे निर्णय लिनेछ । अनेरास्ववियु क्रान्तिकारीमा २८, ३० वा ३२ वर्ष उमेर हद लगाउने विषयमा छलफल चलिरहेको छ ।

सम्मेलनले अनेरास्ववियु (क्रान्तिकारी)मा उमेर हद लगाउने निर्णय गरेकामा अध्यक्षका कयौँ आकाङ्क्षी नेताहरू विद्यार्थी राजनीतिबाट बिदा हुने छन् ।

सम्मेलनमा इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौँ नेता अध्यक्षका आकाङ्क्षी छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →