वैशाख १८ गते । म्याग्दीको रमणीय गाउँ ताकमबाट फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै विहीबारदेखि छायांकन सुरु भएको हो ।
छायांकन थलो धौलागिरी गाउँपालिका ७ मा पर्ने सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दिन ताकम र धारापानी गाउँमा छायांकन हुनेछ भने दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुने निर्माता रोहित अधिकारीले बताए ।
पहिलोपटक गाउँमा फिल्म छायांकन हुन लागेको र आफूहरू खुसी भएको धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘रुकुम मैकोटले जसरी रुकुमको पर्यटन प्रवर्धन भयो, यसैगरि यो फिल्मले हाम्रो गाउँपालिकाको पर्यटन प्रवर्धन हुने आशा लिएका छौं’ गाउँपालिका अध्यक्ष पुनले बताए ।