विमानस्थलमा १९० टनभन्दा बढीका जहाजलाई अनुमति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १९० टनभन्दा बढीका जहाजले पनि उडान गर्न पाउने भएका छन् । विमानस्थलले यसअघि लगाएको लोडको सीमा हटाएको छ ।

यससँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले निर्धारण गरेको फेर–ई सम्मकाा विमान बोइङ ७७७ र एयरबस ३३०÷३८० सम्मका विमानले पूर्ण लोडमा उडान अवतरण गर्न पाउने भएका छन् ।

तर विमानस्थलको पार्किङ र धावनमार्ग नजिकै भएकाले एक प्रकृतिका दुई विमान एकैसाथ धावनमार्गमा कुनै पनि मुभमेन्ट गर्न पाउने व्यवस्था गरिएको हो ।

करिब ४४ वर्षपछि गरिएको विमानस्थलको स्तरोन्नतिसँगै यसअघि लगाइएको सीमा हटाइएको हो । प्राविधिक कारणले लोडमा रोकावट हुनसक्ने भए पनि धावनमार्गकै कारणले लोडमा कुनै किसिमको रोकावट नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । कारोबार दैनिकमा खबर छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →