राप्ती समाज जापानको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा युवराज रेग्मी चयन

टोकियो । राप्ती समाज जापानको टोकियोमा सम्पन्न दोस्रो अधिवेशनले सम्पन्न भएको छ ।
सो अधिवेशनबाट प्युठानका युवराज रेग्मीलाई अध्यक्ष

र रुकुम पूर्वका प्रकाश ओलीलाई महासचिबमा चयन गर्दै २७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

आइतवार टोकियोमा सम्पन्न अधिवेशनको अध्यक्षता अध्यक्ष विशेश्वर रेग्मीको र कार्यक्रम सन्चालन प्रकाश ओलीले गर्नुभएको थियो ।अधिवेशनले निवर्तमान अध्यक्ष विशेश्वर रेग्मीलाई संरक्षकको जिम्मा दिएको छ । कार्य समितिको वरिष्ठ उपाध्यक्ष विकास ओली, उपाध्यक्ष प्रेम प्रकाश रोका मगर,नारायण बुढा मगर,मनराज बिश्वकर्मा, महासचिव प्रकाश ओली,सचिव पन्चवहादुर चौधरी,कोषाध्यक्ष केशव भण्डारी, सहकोषाध्यक्ष आयुष्मा पुन मगर र प्रवक्तामा कमल बाठा मगर चयन भएका छन् । यसैगरी सदस्यहरुमा युवक शाही, विश्वप्रताप बुढा, प्रविण शर्मा,प्रतिज बुढा,सुनिल गौतम, कृष्ण रोका मगर, टिका डॉगी,टेकम ओली,कमल रावत,पिताम्बर जिसी,बलबहादुर घर्ती, क्षितिज रोका मगर, सुगम बस्याल,कमल सोनी र चन्द्रजंग मगरलाई चयन गरेको छ भने २ जना सदस्य पछि मनोनित हुने जनाएको छ ।
अधिवेशनले ७ सदस्यीय सल्लाहकारमा डा. नेत्रप्रकाश भण्डारी, राजन केसी, बिष्णु पौडेल, शरद पोख्रेल, ताराप्रसाद बुढा मगर, डा. कनैलाल चौधरी र रवि पुनलाई चयन गरेको छ।
अधिवेशनमा २०१३ देखि हालसम्म गरिएका कार्यक्रमको समीक्षा गरिएको थियो । त्यस अवसरमा कार्यपत्र र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने विधानलाई सर्वसम्मत पारित गरिएको थियो । अधिवेशनले आगामी कार्यक्रमको तर्जुमा गर्दै राप्तीबासी र समग्र राप्तीको विकासका लागि थप केन्द्रित रहने कुरामा जोड दिइएको छ । जापानमा छरिएर रहेका सम्पूर्ण राप्तीबासीहरू एकजुट भई राप्तीको विकासमा जोड दिने प्रस्तावलाई अधिवेशनले पारित गरेको छ ।

कार्यक्रममा राप्ती समाज अष्ट्रेलियाका उपाध्यक्ष जयप्रकाश रोका मगरको पनि उपस्थिति रहेको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *