विश्वकै सबैभन्दा लामो लिं*ग धारी पुरुष सडकमा माग्दै…

आफ्नो संवेदनशील अंग विश्वकै सबैभन्दा लामो भएको दाबी गर्ने एक पुरुषले वास्तविकता प्रमाणित गर्न क्यामेरासामु नै सो अंगका वजन जोख्न लगाएका छन् ।

‘रोबर्टाे एस्क्विभेल क्यावरेरा’ नामक ती मेक्सिकन पुरुषको लिंगको लम्बाइ १८ दशमलव ९ इन्च रहेको सञ्चारमाध्यम टिएमजेडले जनाएको छ ।

साल्टिल्लो सहरस्थित आफ्नै घरमा जोखिएको उनको लिंगको वजन २१ पाउन्ड रहेको छ ।

यसै अनौठो आकारको अंगको आधारमा उनी ‘गिनिज बुक अफ रेकर्डस्’मा आफ्नो नाम लेखाउन चाहन्छन् ।

५२ वर्षीय रावर्टोले आफ्नो दाबीमाथि शंका गर्नेहरूलाई गलत सावित गर्न लिं गको एक्सरेसमेत गराएका छन् । तर, डाक्टरहरू भने उनको लिं गको झन्डै १३ इन्च केवल छाला मात्र हुनुपर्ने बताउँछन् ।

तर, उनी आफ्नो गुनासोसमेत यसरी बताउँछन्– ‘लौ, हेर्नुहोस्, यो घुँडा मुनिसम्म पुग्छ ।

यसैको कारण म केही पनि गर्न सक्तिनँ । म अशक्त छु ।

म स्थानीय सरकारी निकायले मलाई शारीरिकरूपमा अशक्त व्यक्ति घोषित गरियोस् भन्ने चाहन्छु । त्यसपछि म गिनिज उपाधि लिन चाहन्छु ’।

मेक्सिकोको उत्तर–पूर्वी भागमा रहेका साल्टिल्लोका बासिन्दा उनी यसअघि अमेरिकी पुरुष जाहान फाल्कोनले कायम गरेको यससम्बन्धी कीर्तिमान तोड्ने बताउँछन् । फाल्कोनको लिंगको लम्बाइ १३ दशमलव ३८ इन्च रहेको बताइएको छ ।

एकल जीवन बिताउने क्याबरेरा खानासमेत मागेर खाने गर्दछन् ।

कसरी यति लामो भयो त रोबर्टोको लिंग ?

उनले डाक्टरहरुलाई बताए अनुसार उनी किशोरावस्थादेखि नै आफ्नो लिंगमा गहु्रंगो वस्तु झुन्ड्याएर तन्काउने गर्थे ।

‘लिंगको लम्बाईप्रति उनी संवेदनशील थिए । त्यसैले कलिलै उमेरदेखि आफ्नो लिंगको लम्बाई बढाउने अभ्यास गर्न थाले,’ डा. सलाजरले भने ।

अस्वभाविक आकारको लिं गले गर्दा रोबर्टोलाई अनेक समस्या झेल्नु परिरहेको छ ।

पिशाव राम्रोसँग ननिखि्रने भएकाले बारम्बार मुत्र संक्रमण हुने गर्छ । बाहिर नदेखियोस भनेर उनी आफ्नो लिंगलाई सँधै ब्यान्डेजले तिघ्रामा बाँध्ने गर्छन् ।

राति घोप्टो परेर सुत्न सक्दैनन् । लिं गकै कारणले उनी कतिपय कामहरु गर्न सक्दैनन् । से क्सको कुरा त उनका लागि असम्भव प्राय छ ।

साइज मिल्ने केटी भेटिने आशा

अमेरिकामा बस्दा २००१ मा रोबोर्टो प्रहरीबाट समातिएका थिए । कम उमेरका दुई केटीहरुलाई आफ्नो लिंग देखाएको आरोप उनीमाथि थियो । त्यसपछि उनी अमेरिका छोड्न वाध्य हुनुपर्‍यो ।

उनी अहिले फेरि अमेरिका फर्किने सुरमा छन् ।

एउटा वयस्क मनोरञ्जन कम्पनीले उनलाई लिंग घटाउन आर्थिक सहयोग गर्ने अफर गरेको थियो तर, उनले मानेन् । आफ्नो लागि उपयुक्त केटी भेटिने आशा उनलाई अझै छ । त्यसो त भविष्यमा पोर्नस्टारका रुपमा चिनिने धोको पनि छ उनको ।

रोबर्टो भन्छन्, ‘म फेरि अमेरिका गएर सेटल हुन चाहन्छु । त्यहाँ धेरै केटीहरु छन् ।

मलाई साइज मिल्ने एउटी केटी कसो नभेटाउँला ?’

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *