संखुवासभाको सिलिचुङ्ग गाउँपालिका १ हुंलामा आज प्रहरी र विप्लव माओवादीबीच गोली हानाहान भएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको नियमित गस्ती हुंग्लामा पुुगेपछि विप्लवका कार्यकर्ताले गोली प्रहार गरेका थिए। प्रहरीले जवाफी फायरिङ्ग गरेपछि विप्लवका कार्यकर्ता भागेको प्रहरीले जनाएको छ।
गोली हानाहान कुनै क्षति भने नभएको प्रहरीले बताएको छ ।