महासमिति बैठकपछि कांग्रेस एक छ, गुटबन्दी छैनः उपसभापति निधि

भरतपुर असार १९ गते । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले संसदमा हाकाहाकी जनअधिकार बिरोधी बिधेयक ल्याएर संबिधान र संघीयताको खिल्ली उडाएको बताएका छन्।

भरतपुर बिमानस्थलमा बिहीबार बिहान नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले भने ‘सरोकारवाला पक्षसंग एक बचन नसोधी संसदमा दर्ता गरेको चिकित्सा शिक्षा, मिडिया काउन्सिल, गुठी संस्थान जस्ता बिधेयक संबिधान र संघीयताबिरुद्ध छ।’

उनले नागरिक स्वतन्त्रता बिरुद्धका यस्ता बिधेयकका बिरुद्धमा जिम्मेवार भएर कांग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्बाह गरिरहेको उल्लेख गरे। उनले नागरिक अधिकार बिरोधी यस्ता बिधेयकलाई कांग्रेसले कुनै पनि हालतमा अघि बढ्न नदिने बताए।

महासमिति बैठकपछि कांग्रेसमा कुनै किसिमको मतभेद बाँकी नभएको भन्दै उपसभापति निधिले पार्टीको निर्णयमा फरक धारणा आउनुलाई गुटबन्दी भन्न नहुने तर्क गरे। पहिलो चरणको जागरण अभियान सफल भएको उल्लेख गर्दै उनले भने ‘यसबाट नेता कार्यकर्ताहरु जुर्मुराएका छन्।’

पूर्ब गृहमन्त्रीसमेत रहेका निधिले ‘इन्काउण्टर’ का नाममा सरकारले नागरिकको हत्या गरेकोमा आपत्ति जनाउँदै यस्ता काम तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण गराए। ‘इन्काउण्टर’ का नाममा भएको हत्याको जबाफ सरकारले दिनपर्ने निधिको भनाई थियो। उनले बिप्लव समूहलाई पनि हिंसाको बाटो छाड्न आग्रह गरे।

हिजो माओवादीलाई पनि बार्ताबाट नै मूलधारमा ल्याइएको स्मरण गराउँदै बिप्लव माओवादीलाई पनि बार्तामा बोलाएर बार्ताका माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा उपसभापति निधिले जोड दिए।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *