समायोजन भएर स्थानीय तहमा गएका कर्मचारी सिंहदरबार फर्किए

काठमाडौँ ,असार -२० गते | स्थानीय तहमा समायोजन भएर गएका करिब ८० कर्मचारी सिंहदरबार फर्किएका छन्। खटाएको स्थानीय तहमा त्यहाँका जनप्रतिनिधिले भर्ना हुन नदिएको भन्दै उनीहरू संघमा फर्किएका हुन्।

समायोजन ऐनले समायोजन भएको २१ दिनभित्र खटाएको ठाउँमा हाजिर भइसक्नुपर्ने, अन्यथा जागिरबाट अवकास लिनुपर्ने व्यवस्था गरेको छ। यस्तै, संघले समायोजन गरी खटाएका कर्मचारीलाई खटाएको ठाउँमा अनिवार्य हाजिर गराउनुपर्ने व्यवस्था छ। हाजिर हुन नदिए हाजिर हुन नदिने कार्यालय प्रमुखलाई कारबाही हुने ऐनमा व्यवस्था छ। तर, ऐनले गरेको व्यवस्थाविपरीत उनीहरू सिंहदरबार फर्किएका हुन्।

मन्त्रालयका प्रवक्ता भुपाल बरालले स्थानीय तहको असहयोगका कारण केही कर्मचारी फिर्ता आएको स्विकारे। उनले ती कर्मचारीलाई चाँडै व्यवस्थापन गरिनेसमेत बताए। तर, मन्त्रालयका एक उपससचिवले फिर्ता आएका कर्मचारीलाई व्यवस्थापनबारे कुनै पहल नभएको बताए। ‘कानुनले समायोजन भएका कर्मचारीलाई संघमा फर्किने सुविधा दिएको छैन, कानुनविपरीत फर्किएका कर्मचारीबारे मन्त्री लालबाबु पण्डितले पनि कुनै चासो राखेका छैनन्,’ उनले भने। नयाँ पत्रिकामा खबर छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *