ह्वाट्सएप चलाउने मानसिक रुपमा स्वस्थ

सामाजिक सञ्जालमा धेरै समय बिताउनेका लागि खुसीको खबर। अनुसन्धानकर्ताहरुले सामाजिक सञ्जालमध्ये ह्वाट्सएप चलाउनेहरु बढी मानसिक रुपमा तन्दुरुस्त हुने तथ्य पत्ता लगाएका छन् ।

मानव कम्प्यूटर अध्ययनसम्बन्धी अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित अनुसन्धानका अनुसार टेक्स्टमा आधारित म्यासेज एप्सका माध्यमबाट ग्रुप च्याट गर्नेहरुमा मनोवैज्ञानिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ । अध्ययनका अनुसार जति धेरै समय मानिसले ह्वाट्सएपमा व्यस्त बनाउँछ त्यति धेरै एक्लोपना कम हुने भएकाले आत्मविश्वासमा वृद्धि भएको पाइएको छ।

एज हिल विश्वविद्यालयका प्रोफेसर लिंडा कायेले भनेकी छन् ‘अहिले सामाजिक सञ्जाल दुरुपयोग भइरहेको छ भन्ने कुरामा बहस भइरहेका बेला समाजिक सञ्जाल जति हामीले सम्झिएका छौं त्यति खराब छैन ।’ अनुसन्धानकर्ताहरुले यो अध्ययन २०० जना व्यक्तिमा गरेका थिए । जसमा १५८ महिला र ४२ पुरुष सामेल थिए । सबैको औसत उमेर २४ वर्षको रहेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *