भारत शीर्ष स्थानमा उक्लदैं विश्वकपकाे सेमिफाइनलमा

काठमाडौँ असार २२ गते | इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार राति भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको

अन्तिम लिग खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो। उक्त खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भयो।

यस पटकको विश्वकपमा आयोजक इंग्ल्याण्डसँगै साविकको बिजेता अष्ट्रेलिया, भारत र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन्। जारी विश्वकपको अंक तालिकामा भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, इंग्ल्याण्ड तेस्रो र न्युजिल्याण्ड चौंथो स्थानमा रहदै सेमिफाइनलमा पुगेका हुन्। भारतले ९ खेलबाट १५ अंक जोडेको छ। अष्ट्रेलियाले १४, इंग्ल्याण्डले १२ र न्युजिल्याण्डले ११ अंक जोड्यो।

अब पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। पहिलो सेमिफाइनल जुलाई ९ मा म्यानचेस्टरमा हुनेछ। यस्तै दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच खेल हुनेछ। दोस्रो सेमिफाइनल खेल जुलाई ११ मा हुनेछ। दुई सेमिफाइनल विजेता टोलीले जुलाई १४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *