कांग्रेसमा १४ औं महाधिवेशनको लागि देउवा–पौडेलविच कोठे सहमति

काठमाडौं । नेपाली कांग्रेसले अन्तरिम संरचना बनाएलगत्तै १४ औं महाधिवेशनको प्रक्रिया सुरु गर्ने भएको छ ।

यो सहमतिसँगै आइतबार साँझ केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठकमा १४ वटा एजेण्डा प्रस्तुत भएको छ । १४औं महाधिवेशनलाई बैठकको एजेण्डा नबनाएपछि झण्डै चार घन्टा कोठे बैठक चलेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनलाई एजेण्डा नबनाए बैठक नै बहिस्कार गर्ने चेतावनी दिए । अन्तिममा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टीको अन्तरिम संरचना बनाए लगतै १४ औं महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया अगाडि बढाउने विषयलाई बैठकको एजेण्डा बनाउने सहमति भएको छ ।

‘धेरै पटक छलफल गर्दा पनि सहमतिको विन्दु नभेटिएपछि यो समझदारीमा पुगेका हौं’ नेता अर्जुननरसिंह केसीले भने । कांग्रेसले वडा,स्थानीय तह,क्षेत्रीय र प्रदेशमा अन्तरिम संरचना बनाउनुपर्नेछ । उनका अनुसार आगामी भदौभित्र अन्तरिम संरचना बनाइसक्ने लक्ष्य छ ।

अन्तरिम संरचना बनाएलगत्तै १४ औं महाधिवेशनको कार्यातालिका बनाएर प्रक्रिया अगाडि बढ्नेछ । यसो गर्दा आगामी फागुनमा

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *