विप्लवका चार कार्यकर्ता रिहा : एक नेता पक्राउ

धरान असार २४ गते । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नतृत्वका चार नेता तथा कार्यकर्ता रिहा भएका छन्। जिल्ला अदालत सुनसरीको आदेशपछि उनीहरु रिहा भएका हुन्। रिहा भएका पाँच मध्ये

प्रहरीले एक जनालाई अदालत परिसरबाटै पुनः पक्राउ गरेको छ।

सोमबार जिल्ला अदालतको आदेशपछि नेकपा पोलिटव्यूरो सदस्य मोहन कार्की (जीवन्त) केन्द्रीय सदस्य चूडामणि ओली (आदर्श) चन्द्रबहादुर खड्का (असल), वाईसीएल जिल्ला अध्यक्ष बाबुराम राई (विवश) र मिनबहादुर राई (ज्वाला) रिहा भएका हुन्।

सँगै रिहा भएका पोलिटब्यूरो सदस्य कार्कीलाई भने प्रहरीले पुनः पक्राउ गरेको छ। कार्कीविरुद्ध नुवाकोट जिल्लामा आगजनी सम्बन्धी मुद्धा चलिरहेकाले पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए। उनले कार्कीलाई नुवाकोट प्रहरीलाई बुझाउने तयारी भैरहेको बताए। रिहा भएपछि विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयमै सामूहिक तस्बिर लिएका थिए।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *