लोकतन्त्रको रक्षा गर्ने क्रममा फायरिङ गर्दा पौडेलको मृत्यु : गृहमन्त्री बादल

काठमाडौँ, असार २४ गते । गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा कुमार पौडेलको मृत्यु भएको स्पष्टिकरण दिएका छन् ।

५ असारमा सर्लाहीमा भएको भनिएको भिडन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको मृत्यु भएको थियो । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो ।

घटनालाई लिएर विपक्षी कांग्रेस र राजपाद्वारा संसद अवरुद्ध
सर्लाही घटनालाई लिएर विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद अवरुद्ध गरेका छन् ।

सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले सरकारको जवाफ मागेका थिए । मंगलबार संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ पनि दिए ।

तर गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन मागे । सभामुखले संसदमा भएका दलहरुसँग परामर्श गरेर निर्णय लिने बताएपछि दुवै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *