सरकारलाई कांग्रेस प्रवक्ता शर्माकाे प्रश्न ‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो?’

काठमाडौँ, असार २४ गते । सर्लाहीमा भएको गोलीकाण्डबारे प्रष्टिकरण दिदैं गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा जनताको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था

कायम गर्ने दायित्व निर्वाह गरेको अभिव्यक्ति दिए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गर्दैै गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत हो कि सरकारकै धारणा हो भनेर प्रश्न गरेका छन्।

प्रवक्ता शर्माले ट्वीटमार्फत प्रश्न गरेका छन््,‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो @PM_Nepal ? गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा?’

गृहमन्त्री थापाले सो घटनाबारे संसदलाई जानकारी गराउँदै भने ‘सर्लाहीमा विप्लव समूहले आतंक मच्चाइरहेको थियो। चन्दा आतंक, जनप्रतिनिधिलाई धम्की दिने काम भइरहेको थियो। त्यहाँ जनप्रतिनिधिहरुकै मागअनुसार शान्ति सुव्यवस्था होस्, जनताको जीउधनको रक्षा होस् भन्ने मागअनुसार नै राज्यले कदम उठाएको हो,’’ उनले संसदलाई घटनाका बारेमा जानकारी दिँदै भनेका थिए।

द्वन्द्वकालको स्मरण गराउँदै ट्वीटमा उनले भनेका छन्, ‘उसबेलाको ‘प्रजातन्त्र’ ले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी, चट्याङ र बादलहरु बेपत्ताको लिस्टमा पुग्ने थिएनन् र? सहादतको सूचीमा भलै हामी कयौंको नाम हुन्थ्यो!’

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *