वकिल इन्दिरा जयसिंह र आनन्द ग्रोबरको निवासमा सीबीआईको छापा

नयाँदिल्ली, असार २६ | केन्द्रीय जाँच एजेन्सी (सीबीआई) ले सर्वोच्च अदालतकी वकिल इन्दिरा जयसिंह र आनन्द ग्रोबरको दिल्ली तथा मुम्बईमा रहेका घरमा छापा मारेको छ ।

उनीहरुमाथि दिल्लीस्थित निजी संस्था (एनजीओ) ‘लयर्स कलेक्टिभ’ का लागि आउने विदेशी चन्दा (अनुदान) को नियम उल्लंघन गरेको आरोप लागेको छ ।

सीबीआईले दिल्लीमा ५४ निजामुद्दिन इस्टमा रहेको आवास र सी-६ निजामुद्दिन इस्टमा लयर्स कलेक्टिभको कार्यालयमा छापा मारेको हो । यस विषयमा अधिकारीहरुले आधिकारिक जानकारी नदिएको बीबीसीले उल्लेख गरेको छ । आनन्द ग्रोबर इन्दिरा जयसिंहका पति हुन् । इन्दिरा-आनन्दको एनजीओले ‘फरेन कन्ट्रिब्युसन रेग्युलेसन एक्ट’ को उल्लंघन गरेको सीबीआईको आरोप छ ।

यद्यपि ‘लयर्स कलेक्टिभ’ले लगाइएका सबै आरोप निराधार रहेको जनाएको छ । अघिल्लो महिना सीबीआईले आनन्द र उनको संस्था (एनजीओ) को विरुद्धमा मुद्दा दर्ता गराएको थियो । उनी यो संस्थाका निर्देशक हुन् भने उनकी पत्नी यानि इन्दिरा संस्थापक तथा सचिव हुन् ।

गृह मन्त्रालयको उजुरीपछि सीबीआईले मुद्दा दर्ता गरेको थियो । सो संस्थामाथि सन् २००६-०७ र २०१४-०१५ को अवधिमा ३२.३९ करोड भन्दा बढी रुपैयाँ विदेशी चन्दामा अनियमित भएको आरोप लागेको छ । यो संस्थाको दर्ता २०१६ मै खारेज भइसकेको गृह मन्त्रालयले जनाएको छ । किनभने अनियमितताको आरोपका विषयमा संस्थाले सन्तोषजनक जवाफ पेस गर्न नसकेको गृह मन्त्रालयले जनाएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *