काठमाडौँ, असार २६ गते । संयुक्त राष्ट्रको सांस्कृतिक संस्था युनेस्कोले विश्व सम्पदाको सूचीमा हरेक वर्ष नयाँ भवन, धरोहर तथा क्षेत्रलाई संरक्षणका लागि सामेल गर्छ ।
युनेस्कोले यस वर्ष पनि संरक्षणको सूचीमा कैयौं नामलाई समेल गर्यो जसलाई हामीले यसरी सचित्र हेर्न सक्छौं ।
१. भारतको जयपुर सहर
यसपटक भारतको ‘गुलाबी सहर’ को नामबाट प्रख्यात राजस्थानको जयपुरलाई विश्व धरोहरको सूचीमा समावेश गरिएको छ । यहाँका कतिपय संरचनाहरु १७२७ मा स्थापना भएको पाइन्छ । जुन अहिले पनि निकै सुन्दर र आकर्षक देखिन्छन् । स्वदेश तथा विदेशी पर्यटकका लागि यो आकर्षणको केन्द्रविन्दु मानिन्छ ।
२. आइसल्यान्डको हिमताल यानि वातानुकूलित राष्ट्रिय पार्क
यो ज्वालामुखीय क्षेत्र आइसल्यान्डको १४ प्रतिशत भागमा फैलिएको छ । यो पार्कमा हिमताल प्रशस्त पाइन्छन् । हिमतालका अलावा यहाँ निकै सुन्दर प्राकृतिक जीव, लाभा तथा अनौठा जीवजन्तु पाइन्छन् ।
३. फ्रान्सको टापु तथा समुद्र
यो क्षेत्र दक्षिणी समुद्रको बीचमा छ । साना-साना यी द्वीप (टापु) लाई युनेस्कोले विश्व सम्पदाको सूचीमा राखेको छ । यहाँ विश्वकै धेरै पक्षी तथा पानीमा पाइने जीवन पाइन्छ । जसमध्ये पेन्गुइन प्रमुख मानिन्छ ।
४. प्राचीन जापानको ओसाका प्रान्त
जापानको ओसाका प्रन्तमा शवदाह क्षेत्र छन् । यस्ता ४९ क्षेत्र जुन तीन देखि छैटौं शताब्दीतिरको मानिन्छ । यसका आकार पनि अलग-अलग छन् ।
५. इराकको बेबिलोन
धेरै वर्षको प्रयासपछि इराकको प्राचीन सहर बेबीलोन युनेस्कोको सूचीमा अटाउन सफल भएको छ । इराकको यो सहरमा राजनीतिक उथलपुथलका कारण निकै क्षति पुगेको थियो । यद्यपि अहिले यहाँ पुनर्निर्माण गरिएको छ ।
६. बगान, म्यान्मार
म्यान्मारको यो प्राचीन राजधानी पर्यटका लागि आकर्षक केन्द्र मानिन्छ । यहाँ हजारौं बुद्ध मन्दिर छन् । नजिक-नजिक देखिने हजारौं मन्दिर रहेको यो स्थान निकै सुन्दर देखिन्छ ।
७. सेन्ट्रल लाओसको ढुंगाले बनेका घैला
ठूला ठूला ढुंगाले बनेका घैंला । यो सेन्ट्रल लाओसमा रहेको छ । पुरातत्वविदका अनुसार यी हजारौं घैंला ढुंगाबाट बनेका रहस्यमयी घैंला त्यो बेलाको युग सम्झना गराउँछ । सायद यसको प्रयोग मानिसको अन्तिम संस्कारका बेला गरिने पुरातत्वविदहरुको मान्यता छ ।