काठमाडौँ, असोज १३ गते । देशभर मंगलबारको मौसममा सामान्य बदली भएर केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।
मंगलबार राति प्रदेश न १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन्।
अहिले बिहानीपख देशका पहाडी भूभागको मौसममा आंशिक देखि सामान्य बदलीकाे अवस्था छ।
हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको छ।