काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्यकामा १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार देशभर ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै काठमडौँमा २२ हजार ८०८ जना सक्रिय संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख ३३ हजार ३ सय ४ पुगेको छ ।
यस्तै भक्तपुरमा २ हजार ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या १ लाख २ हजार ६२९ पुगेको छ ।
यस्तै ललितपुरमा ४ हजार ६ सय जना सक्रिय संक्रमित रहेका छन भने सक्रिय संक्रमितको संख्या २२ हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित छन्।
प्रदेश १ को इलाममा ११, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ६, झापामा २६९, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २०, पाँचथरमा १, भोजपुरमा ५, मोरङमा २०६, संखुवासभामा ९, सुनसरीमा १०७ र सोलुखुम्बुमा ७ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १४७, पर्सा १५२, बारामा ४६, महोत्तरीमा ५५, रौतहटमा २८, सप्तरीमा १६, सर्लाहीमा २१ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ८ सय ४९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ९६, चितवनमा २१३, दोलखामा १२, धादिङमा ५४, नुवाकोटमा ११२, भक्तपुरमा ४५८, मकवानपुरमा १०५, रसुवामा १९, रामेछापमा १३, ललितपुरमा ५१८, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ५५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८४, गोरखामा २८, तनहुँमा ६३, नवलपरासी पूर्वमा ३९, पर्वतमा १८, मुस्ताङमा २, म्याग्दीमा ३०, लमजुङमा १०, बागलुङमा ८ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३८, कपिलवस्तुमा २४, गुल्मीमा १९, दाङमा २६३, नवलपरासीमा ४४, पाल्पामा ११५, प्युठानमा ४, बर्दियामा ४७, बाँकेमा ५९१, रुकुम पूर्वमा २, रुपन्देहीमा ६८० र रोल्पामा ३ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा १, जुम्लामा ६, दैलेखमा ३४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १५४ जनामा कोरोना भेटिएको छ।
सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा १४०, कैलालीमा १४५, डडेल्धुरामा १०, डोटीमा ४०, बझाङमा ३ र बैतडीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
२० जिल्लामा पाँच सय र १७ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका २० जिल्लामा पाँच सयभन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्। देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।
त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित पुगेका छन्।
त्यसैगरी, प्रदेश २ को बारा, महोत्तरी र रौतहट, बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ, गण्डकी प्रदेशको गोरखा, तनहुँ र नवलपरासी (पूर्व) र लुम्बिनी प्रदेशको नवलपरासी -पश्चिम), गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।
सुदुरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा,बैतडी र बैतडीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।