काठमाडौं, बैशाख २५ गते । पोखरा थन्डर्स नेपाल सुपर लिग(एनएसएल) फुटबल फ्रेञ्चाइज प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छ । चितवनमाथि जित हात पार्दै पोखरालाई बिराटनगरलाई उछिन्दै तेस्रो स्थानमा उक्लेको हो ।
उसको आठ अङ्क छ । प्ले अफका लागि छनोट हुन पोखराले बिराटनगर र ललितपुरको अन्तिम खेलमा निर्भर हुनुपर्नेछ ।
पोखराले लिगको सबै खेल खेलिसक्दा आठ अङ्क जोडेको छ । बिराटनगर र ललितपुरले आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ । शनिबारका लागि निर्धारित खेलमा बिराटनगरले ललितपुरको सामना गर्नेछ । उक्त खेलमा जित हात पार्ने टोलि प्ले अफका लागि छनोट हुनेछ । खेल बराबरीमा टुगिंए बिराटनगर र पोखरा प्ले अफमा धनगढी र काठमाडौैं रेजर्ससँग जोडिनेछ ।
बिराटनगरले पाँच खेलबाट सात अङ्क र ललितपुरले पाँच खेलबाट छ अङ्क जोडेको छ । उसको गोल अन्तर पोखरा र छनोट भइसकेको काठमाडौंभन्दा बढी छ । ललितपुरले भने अन्तिम खेल जित्नैपर्ने हुन्छ । ललितपुरले अन्तिम खेलमा जित हात पारे बिराटनगर बाहिरिनेछ । पोखरा र ललितपुर प्ले अफमा पुग्नेछ । बिराटनगरले बराबरी खेलेको अवस्थामा ललितपुरको प्ले अफ पुग्ने बाटो बन्द हुनेछ ।