काठमाडौं, बैशाख २५ गते । सहयोगको ४० थान भेन्टिलेटर एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने भएको छ ।
चिनियाँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको हो ।
चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया मेसिन उपलब्ध गराउने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यी स्वास्थ्य सामग्रीहरु एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने मुख्य सचिव नेतृत्वको कोभिड–१९ सहजीकरण समितिले जनाएको छ । समितिका अनुसार चिनियाँ अनुदानको स्वास्थ्य सामग्रीहरुमध्ये ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर भने हवाई मार्ग हुँदै नेपाल ल्याइने छ ।
ती सामग्री लिन नेपाल वायु सेवाको वाइडबडी जहाज यही फागुन २७ गते बेइजिङ क्यापिटल एयरपोर्ट प्रस्थान गर्ने छ । सो जहाज भोलिपल्ट विहान २ः३५ बजे नेपाल आइपुग्ने छ ।
समितका अनुसार त्यसलगत्तै थप स्वास्थ्य सामग्रीहरु एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने समितिको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।