धुलिखेल,वैशाख ३१ गते । धुलिखेल नगरपालिकाले कोराना भाइरस(कोभिड १९) संक्रमणको जोखिम रहुञ्जेल सबै व्यपार व्यवसाय र उद्योगले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ ।
कोराना भाइरस(कोभिड १९) संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय तथा उद्योग चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले कोरोनाका कारण अप्ठ्यारोमा परेका व्यवसायीहरुलाई व्यवसाय कर छुट दिन लागेका बताउनुभयो । उहाँले होटल ,व्यपार व्यवसाय र उद्योग तथा पर्यटन व्यवसायले धुलिखेललाई महत्वपुर्ण योगदान दिएको भन्दै आफूहरुले पनि व्यवसायीको समस्या बुझेर कर छुट दिने निर्णय गरेको बताउनुभयो ।
धुलिखेल नगरपालिका क्षेत्रमा सामान्यदेखि विश्वस्तरीय होटलहरु संञ्चालनमा छन् । स्वच्छ वातावरण, हिमालको मनोरम दृश्य देख्न सकिने भएकाले सप्ताअन्तमा आराम गर्न जानेहरुको लागि धुलिखेल परिचित छ । धुलिखेल क्षेत्रका होटल व्यवसायले दिने सेवालाई पनि उत्कृष्ट मानिने गरिन्छ ।