अध्यक्ष ओली र नेता नेपालबीच छलफल सकियो, कार्यदल गठन

कठमाडौं, जेठ २ गते । नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न दुबै तर्फबाट पाँच पाँच जना सदस्य रहने गरी कार्यदल गठन भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो । कार्यदललाई तीन दिनको समय दिइएको छ । कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्नुहुने वार्ता पछि नेता नेपालले पत्रकारहरुलाइ जानकारी गराउनुभयो । कार्यदलका अन्य सदस्यहरूमा अध्यक्षका तर्फबाट, विष्णु पाैडेल, प्रदीप ज्ञवाली, शंकर पाेखरेल र विष्णु रिमाल रहनु भएकाे छ भने नेता नेपालका तर्फबाट घनश्याम भुषाल,गाेकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएकाे उहाँले जानकारी दिनुभयाे ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →