जापानमा किन उठ्छ सामाजिक व्यक्तिविरुद्ध आर्थिक अनियमितताको मुद्दा

किन सामाजिक संसथामा काम गर्ने सामाजिक व्यक्तिको नाममा आर्थिक अनिमियतताका मुद्धा पर्छन जापनमा 

राजबिन थापा ‘ रामु’ जापान 

जापानमा रहेका कतिपय नेपाली सामाजीक संसाथाहरूमा जव जव चुनाव आँउछ तव तव संघ संसथाका पदाधिकारीहरूमा आर्थिक हिनामिनाका उजुरीहरू परेका समाचारहरू आँउछन सामाजिक काम गर्ने ब्यक्तिको चरित्र हत्या गर्ने प्रयास गरिन्छ या हिनामिना गरेर नै यसरी समाचारहरू बाहिरिन्छन् ।

केही समय पहिला एनआरएनएमा निवर्तमान कार्यसमितिले उठाएको रकम हिनामिना गरेको भनेर एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले कुरा उठाएका थिय भने केही समयमानै एनआरएनए जापानका वर्तमान अध्यक्ष देवीलाल भण्डारी र पुर्व अध्यक्ष पारशमणि पोखरेल विरूद्ध मुद्दा परेको छ । हुन त समाचार सम्प्रेषण गर्ने समाचारदाताहरूले पनि दुवै पक्षलाई सोधेर समाचार बनाँउदा धेरै राम्रो हुने थियो तर एकलौटी रूपमा आएका भए पनि यसरी किन आँउछन त ? भन्ने विषमा रहेर जापनमा रहेका केही प्रबुद्ध व्यक्तित्वहरूसँग दिव्यदृष्टि डटकमले एउटा प्रश्न सोधेर यो किन भईरहन्छ त भनेर जवाफ खोजेको छ ।

 

तिलक मल्ल

जापानमा निकै लामो समय बसेर धेरै संस्थामा आवद्ध रहेका एवम् नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष समेत रहनु भएका तीलक मल्ल भन्नुहुन्छ -जसरी रेलले आफ्नो लिग छोडेपछि दुर्घटना अवश्यम्भावी छ, त्यसरी नै एनआरएन जापानले आफ्नो ट्रयाक छोडेको धेरै भईसक्यो, त्यसैको उपज अर्थात विकृति र विसंगतिले मौलाउने मौका पाएपछि कुनै न कुनै रुपमा प्रस्फुटन हुने नै भयो । अर्कोतिर नेतृत्व तहमै समस्या छ, भिजनले ड्राइभ गरिनुपर्नेमा त्यसो नभएर अर्थात गोल क्लियर नहुंदा एकपछि अर्को विवादित बिषयले प्रवेश पाउने गरेको नजिर छ ।

देविलाल भण्डारी

 

यस्तै एनआरएनए जापानका अध्यक्ष दिवीलाल भण्डारी भन्नुहुन्छ – संघसंसथामा प्रतिस्पर्धाबाट आईने अनि कतिको घर झगडा होस या

सामाजिक झगडा होस हामी मिलाउन पुग्छौं यसरी मिलाउन आँउदा र पर्तिस्पर्दामा कोही हार्ने अनि कोही जित्ने हुन्छ । जित्नेलाई त राम्रै भयो तर हार्नेले फेरी हामी जस्तालाई बदनाम गर्ने प्रयास गर्छन् ।

जापानमा कसैको मृत्यु भयो भने हामीले नै जिन्मा लिएर सके घर सम्म नभएर यहिँ दाहसंस्कार गर्ने सम्मको सबै परिपाटी मिलाईदिंदा पनि यस्तो गिरोहले हामीलाई कमजोर बनाउन यस्तो मिथ्या आरोप लगाउने गर्छन यस्तै हो भने यसरी यस्तै काममा सहयोग गर्नु भन्दा पहिला बिस पटक सोंच्नु पर्ने अवस्था आउने देखिन्छ ।

प्रकास पौडेल माईला

यहि विषयमामा अन्तराष्ट्रीय साहित्य समाजका केन्द्रिय अध्यक्ष प्रकास पौडेल ‘माईला’ को वीचार यस्तो छ –

NRNA हामी सबैको छाता सङ्गठन हो ।

समयकाल र परीस्थिती अनुसार नेतृत्त्वमा फरक-फरक अनुहार आउन सक्छन तर जहिल्यै पनि सन्स्थाको गरिमा, ओज र अपरिहार्यता कमी आउँदैन । र कमी आउनु हुँदैन पनि । अरु त तपशिलका कुरा हुन ।

 

 

मोहन घले

त्यस्तै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले भन्नुहुन्छ –

सामाजिक अभियान्ताहरुलाई आर्थिक, सामाजिक र नैतिक रुपमा चनाखो हुनै पर्छ, आरोप लाग्नु भन्दा पहिले पारदर्शिताका लागि योजनाहरु बनाई काम भयो भने आरोप कम र चुहावट रोक्न प्रविधिको सहयोग लिदा यस्ता समस्या कम हुदै जान्छन ।

 

 

पारसमणि पोख्रेल

यहि प्रसंगमा एनआरएनए जापानका पुर्व अध्यक्ष पारसमणि पोख्रेलले संस्था कहिल्यै नराम्रो हुदैन l केहि व्यक्तिहरुले संस्था संग नाम जोड्ने कारणले यो स्थिति आएको हो l तर संस्थामा आफ्नो स्वार्थ पूर्तिको लागि कसैले केहि गर्छ भने उ सजायको भागिदार पनि हुनु पर्ने कुरा बताउनु हुन्छ ।

यस्ता समाचारहरूले समाजमा असर त पार्छ नै तर सत्य भयो भने समस्या परेकाको घरमा झन कस्तो प्रभाव पार्छ होला यो हामीले पनि सोंच्नु पर्ने कुरा हो माथीकै प्रश्न जापानमा क्रियाशील रूपमा पत्रकारीता गरिरहनु भएका पत्रकार एवम् नेपाल पत्रकार महासंघ

जापनका सचिव शान्त पहरी भन्नुहुन्छ –

शान्त पहरी

विशेष गरि सबै जना परदेशमा पैसा कमाउन आएका हुन । केहि मान्छे छिटो पैसा कमाउन जे पनि गर्न पछी पर्दैन ! अरु त जे सुकै होस आफू बने भयो भन्ने मानसिकता जब सम्म रहन्छ तब सम्म आर्थिक अनियमितता र त्यस्ता ब्यक्तिको कारण संस्थाको बदनाम हुने गरेको छ । एनआरएनए होस वा अन्य सामाजिक संस्थामा लाग्ने व्यक्तिले पहिला आफनो जीविका चल्ने बाटो बनाएर अरु संघ-संस्थामा लाग्न सुझाब सल्लाह दिन चाहन्छु ।
हो हामी विदेशमा दुई पैसा कमाउन आएका हैं र कमाउँछौ पनि तर पैसा कमाउनेहरूले नै यसरी समाजको नाममा आफ्नो कम्जोरी बढाउदै जाने हो भने सामाजिक व्यक्तित्वलाई साधारण मानिसले हेर्ने नजराना कस्तो होला

 

 

यहि विषयमा एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठको विचार यस्तो छ –

सिद्धार्थ श्रेष्ठ
सिद्धार्थ श्रेष्ठ

एनआरएनए जापानले काम नगेको होईन ब्यापक गरेको छ तर जे जती गरेता पनि बारम्बार उठ्ने आर्थिक अनियमितता का कुराहरू लाई बेवास्ता गर्ने र साथै गुन्डा गर्दि पनि हावी हुदा एनआरएनएले यो समाजमा बिस्वास गुमाएको छ। यद्यपि अहिले त्यो चरण पार गरेता पनि त्यस्को गन्ध अझपनि नेपाली समाजले अनुभव गरेको छ। अब त्यो छबि सुधार्न आर्थिक पारदर्शिता नै चुस्त र दुरूस्त हुनु पर्दछ।

एनआरएनए ले आफ्नो आर्थिक गतिविधि पारदर्शिता गर्न सक्यो भने त्यती ठुलो आर्थिक संकट नपर्ने यो कार्यकालमा मेरो अनुभव हो । हामी विदेशमा आएकाहरू एक अपस्मा मिलेर बस्न सक्यौं भने हामीले हाम्रो देशको लागि पनि केही गर्न सक्छौं कैयन कलकारखाना खोलेर हजारौं मानिसलाई काम दिन सक्छौ भने यहाँ सिक्कों सिपलाई नेपालमा लगेर कैयौं काम गर्न सक्छौं हामीले त्यता नसोंचेर कस्लाई कसरी पल्टाउने उसलाई कसरी कमजोर बनाउने भन्ने यो अस्वस्थ प्रतिस्पर्धा गर्ने हो भने न हामी अगाडी बढ़न सक्छौं न हाम्रो देश न त सक्छ हामी पछिको नयाँ पिडि त्यसैले हरेक समय सकरात्मक र रचनात्मक सोंचले काम गरौं सबैको लक्ष्य एउटै वनाँउ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →