एनआरएनए जापानका अध्यक्ष माथी आर्थिक अनियमितताको आरोप |

जापान , जेठ १७ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष देविलाल भण्डारीमाथि आर्थिक अनियमितताको आरोप लागेका छ ।

यहि आरोप निराधार हो भन्ने प्रमाणित गर्नका लागि अध्यक्ष भण्डारीले आइतवार टोकियोमा पत्रकार सम्मेलन गरेका थिय तर पर्याप्त प्रमाण पेश गर्न नसकेपछी पत्रकार सम्मेलन बिना निष्कर्ष टुंगिएको थियो ।

जापानमा वर्तमान अध्यक्ष रहेता पनि यो भन्दा पहिला देखि नै देविलाल भण्डारीले सडक दुर्घटनामा निधन भएका ब्यक्तिहरुको सदगद र उद्द्धार गर्दै आएका थिए । त्यहि सहयोगको नाममा एकपछि अर्को गर्दै आर्थिक घोटालाको आरोप लागेका अध्यक्ष भण्डारीले सन २०१७ मा निधन भएका हृदयेस जिसी र सन २०१९ मा निधन भएकी ममता तामाङको बिषयमा पत्रकार सम्मेलनमा सबै प्रमाण सार्वजनिक गर्ने घोषणा गर्दै पत्रकार सम्मेलन गरेका थिए ।

मृतक जिसीको नेपालमा रहेका परिवारसँग लिएको नगद रू १३ लाख र ममता तामाङको केशमा ३५ लाख खर्चको सबै प्रमाण पेश गर्न सकेनन्‌ । आरोपका बिषयमा प्रमाण जुटाउन नसकेपछी अध्यक्ष भण्डारीले प्रमाण संकलन गरेर पुन: आउने बताउदै पत्रकार सम्मेलन अन्त्य गरेका थिए ।

पत्रकार सम्मेलनमा आर्थिक घोटालाको गम्भिर आरोप लागेको अवस्थामा पदबाट नैतिकताको आधारमा एनआरएनए जापानको अध्यक्ष पदबाट राजिनामा दिएर निष्पक्ष छानबिनमा सहयोग गर्न पत्रकारहरुले सुझाब समेत दिएका छन ।
एनआरएनए जापानका पुर्व उपाध्यक्ष सरोजकुमार खत्रीले एनआरएनए जापानको अध्यक्ष जस्तो पदमा रहेका ब्यक्तिलाई यस्तो गम्भिर आरोप लाग्नु कुनै तानपुरा कुरा नभएको हुनाले तुरून्तै आफ्नो पदबाट राजिनामा दिएर निष्पक्ष छानबिनमा सघाउन पर्ने बताए ।
यसरी सामाजिक ब्यक्तित्वले आँफुलाई घोटाला रहित राख्न नसक्ने हो भने सामाजिक अभियन्ता बन्नुमा कुनै औचित्य नरहने जिकिर जापानका समाजसेवीहरूले गर्न थालेका छन ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →