न्यायाधीशहरू कार्की र भट्टराईले संवैधानिक इजलास ‘छाड्न सक्ने’ अनुमान

काठमाडौं, जेठ २६ गते । प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाईका लागि गठित सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकार पक्षबाट दुई न्यायाधीश बस्न नपाउने जिकीर भएपछि उनीहरूले बुधबार राय दिने भएका छन्।

बरिष्ठताका आधारमा इजलास गठन भए पनि न्यायाधीशहरू दिपकुमार कार्की र आनन्दमोहन भट्टराई बस्न नपाउने भन्दै महान्यायाधीवक्ता रमेश बडाल, अधिवक्ता सुशील पन्तलगायतले प्रश्न उठाएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कार्की र भट्टराईसहित इजलासमा मिरा खड्का र ईश्वर खतिवडा समावेश गरी राखेका थिए। यसअघिको संवैधानिक इजलासमा रहेका तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाइएको थियो। उनीहरू संवैधानिक इजलासमा बस्न हुने राय दिएपछि कार्की र भट्टराईले नबस्ने भनेका थिए।

यसपछि प्रधानन्यायाधीश राणाले नयाँ इजलास गठन गरेका थिए।

‘आजको इजलासमा न्यायाधीशद्वय कार्की र भट्टराईले प्रश्न उठाइएपछि मुद्दा नहेर्ने राय दिन सक्ने सम्भावना ज्यादा छ’, सर्वोच्च उच्च स्रोतले भन्यो,‘यसअघिको इजलासमा पनि नैतिकता देखाएको भन्ने उहाँहरुको दाबीअनुसार नै राय आउन सक्ने अनुमान गरिएको छ।’

जब स्वार्थ बाझिने दलील अधिवक्ताहरुले पेस गरेपछि न्यायाधीश त्यहाँ बस्ने प्रचलन नरहेको उदाहरण दिँदै स्रोतले भन्यो,‘हालै मात्र पनि संवैधानिक इजलासबाट प्रश्न उठ्नासाथ न्यायाधीश हरिकृष्ण कार्कीले छाडेको नजिर छ। सोही नजिरलाई देखाउँदै दुवै न्यायाधीशले छाड्न सक्ने बुझिन्छ।’

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →