अझै केही दिन भारी वर्षा हुने

काठमाडौं । अझै केही दिन निरन्तर झरी पर्ने मौसमविद्ले बताएका छन् । तत्काल मौसम खुल्ने सम्भावना नदेखिएको मौसमविद्ले बताउका छन् । आउँदो तीन दिनसम्म नै हिजो आजको जस्तै झरी पर्ने बताइएको छ ।

अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ । पछिल्लो २४ घण्टामा वाग्मती र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ ।

अहिले पनि प्रदेश–१ को पहाडी ठाउँ, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नम्बर दुईमा पानी परिरहेको छ । आज दिउँसो पनि देशैभर पानी पर्नेछ भने प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →