आज १८३१ कोराना संक्रमित थपिए, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

९ हजार २१८ वटा नमूनाको पीसीआर बिधीबाट परीक्षण गर्दा १ हजार ८३१ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

यस्तै, आज १५३३ जनाले कोरोनालाई जितेका छन्।

आज देशभर थपिएका मध्ये उपत्यका भित्र ३९१ जना संक्रमित छन्। भक्तपुरमा ३१, ललितपुरमा ९७ जना र काठमाडौंमा २६३ जना संक्रमित थपिएका छन्।

नेपालमा हाल २६ हजार १७३ जना सक्रिय संक्रमित रहेका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →