एनआरएनए जापानका उपाध्यक्ष उम्मेदवार अधिकारी र कोषाध्यक्ष खनाल बिरुद्धको उजुरी खारेज

गैर आवासिय नेपाली संघ जापानको उपाध्यक्षका दावेदार राजकुमार अधिकारी बिरुद्ध दर्ता गरिएको तीन वटा उजुरीलाई निर्वाचन समितिले खारेज गरिदिएको छ ।

उपाध्यक्षका दावेदारले कम्तिमा रासपको कार्यसमितिमा एक कार्यकाल काम गरेको हुुनुपर्ने भएपनि नभएको भन्दै दर्ता गरिएका तीनवटा नाम नखुलाईएका ती उजुरीहरु खारेज गरिदिएको हो ।

अधिकारी २०१८ अक्टोबर २८ तारिख शपथ खाएको र सो मितिले सेप्टेबर ६ सम्ममा ३६५ दिन नपुग्ने दाबि गरिएकोमा मानार्थ सदस्य, क्षेत्रिय समितिका संयोजक, सल्लाहकार तथा रासप सदस्य मध्ये कुनै एक पदमा एक कार्यकाल रहेको भए हुने नियम रहेकाले अधिकारीको उम्मेदवारी जायज देखिएको र उम्मेदवारी खारेज माग अस्विकृत गरिएको निर्वाचन समितिले स्पष्ट पारेको हो ।

उस्तै आसयको बिरोध कोषाध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद खनाल बिरुद्ध दर्ता भएकामा निज खनालले मानार्थ सदस्यको रुपमा जिम्मेवारी २०१९ २०२१ मा समेत सम्हालिसकेको पाइएकाले उम्मेदवारी खारेजको माग अस्विकृत भएको छ ।

निर्वाचन समितिले दुवै उम्मेदवार बिरुद्ध परेको दावी बिरोध अस्विकार भएको स्पष्ट पार्दै उम्मेदवारी यथावत रहने निर्णय गरेको छ ।

यस बाहेक केही संसोधित उम्मेदवारी विवरणहरु यस प्रकार रहेको छ

संसोधन प्रस्ताव १ (मोहन सिंह मडै): उम्मेदवारी पद मात्र अध्यक्षमा हुन गएकोमा क्षमा माग्दै मेरो उम्मेदवारी सदस्य पदमा दर्ता गराई दिनु हुन विनम्र अनुरोध सहित फाराम भरेको छु। मेले भरे को फाराम मिलेको छ कि छैन जानकारी गराईदिनु भयो भने आभारी हुने थिए।

संसोधन प्रस्ताव २ (डा.बलराम श्रेष्ठ): मेरो नाम डा.बलराम श्रेष्ठ हुनु पर्नमा बलराम श्रेष्ठ मात्र लेखिएको रहेछ | कृपया डा.बलराम श्रेष्ठ भनि नाम संसोधन गरि प्रकाशित गरि दिन हुन् हार्दिक अनुरोध गर्दछु |

संसोधन प्रस्ताव ३ (रामप्रसाद शर्मा धनपती): मेरो नाम को पछाडी (रामु ढकाल ) लेखी दीन को लागी मलाई धेरै जना ले रामु ढकाल को नाम बाट चीनीने हुदा हजुर संग अनुरोध गर्दछु ।

संसोधन प्रस्ताव ४ (पौडेल शिब प्रसाद): मेरो नाम पौडेल शिब प्रसाद बाट शिब प्रसाद पौडेल (Paudel Shiva Prasad To Shiva Prasad Paudel) बनाईदिनु हुन अनुरोध गर्दछू।

अध्यक्षमा ददिवल खड्का र नारायण खड्काले उम्मेदवारी फाराम फिर्ता लिनुभएको छ । उपाध्यक्ष दावेदार विष्णु प्रसाद सूवेदी तथा सह कोषाध्यक्षमा बाबुराम खरेलले पनि उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस बाहेक एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यका उम्मेदवार विकास श्रेष्ठले पनि आफ्नो उम्मेदावारी फिर्ता लिनुभएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा ददिवल खड्का र नारायण खड्काले उम्मेदवारी फाराम फिर्ता लिनुभएको छ । उपाध्यक्ष दावेदार विष्णु प्रसाद सूवेदी तथा सह कोषाध्यक्षमा बाबुराम खरेलले पनि उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन समितिले जनाएको छ ।

यस बाहेक एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यका उम्मेदवार विकास श्रेष्ठले पनि आफ्नो उम्मेदावारी फिर्ता लिनुभएको निर्वाचन समितिले जनाएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →