राजकुमार अधिकारीद्वारा एनआरएनए जापानको उपाध्यक्षमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको आगमी कार्यकाल (सन २०२१ -२३ ) का लागि राजकुमार अधिकारीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

विगत १ दशक भन्दा बढी समयदेखि जापानमा रहँदै आएका अधिकारी पछिल्ला ८ वर्षयता एनआरएनए अभियानमा जोडिँदै आएका छन् । अधिकारीले -‘ दिगो संगठन, व्यापक सहभागिता, परिणाममुखी एनआरएनए मेरो प्रतिबद्धता’भन्दै युवा पुस्ताको नेतृत्वबाट वर्तमान एनआरएनएमा विद्यमान समस्याहरुको न्युनिकरण गर्दै सबै गैरआवासीय नेपालीहरुले गर्व गर्न लायक संस्था बनाउने योजनाका साथ दावेदारी प्रस्तुत गरेका छन् ।

धादिङ्को उत्तरीभेग( गंगाजमुना गाउँपालिका) मा जन्मिएका अधिकारी जापानमा व्यवसाय संचालन गर्दै आएका छन् । एनआरएनए बाहेक पनि जिल्लागत संघ/संस्थासंगै अन्य सामाजिक गतिविधिमा निरन्तर सकृय रहँदै आएका अधिकारी हालसम्म स्वच्छ छवि र प्रतिवद्धताहरु पुरा गर्ने व्यक्तिको रुपमा परिचित छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →