एकीकृत समाजवादीमा पदाधिकारी चयन: महासचिवमा भुसाल, सचिवमा रामकुमारी

काठमाडौं, असोज ७ गते । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । सचिवालय बैठकले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ।

नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् ।

उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । बेदुराम भुसाल महासचिव बनेका छन् भने उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् ।

यस्तै सचिवहरुमा रामकुमारी झाँक्री, केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा र नागेन्द्रप्रसाद चौधरी चयन भएका छन् ।नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →