मन्त्रीले वडाध्यक्षलाई किन हातपात गरे ? पौडेल पक्ष बसे धर्नामा

काठमाडौं, असोज ७ गते । वडाध्यक्षलाई मन्त्रीले कुटपिट गरेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ ।

सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई प्रदेश नम्बर–२ का मन्त्रीले कुटपिट गरेको भन्दै धर्ना दिएको हो । प्रदेश–२ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह र वडाध्यक्ष महतोबीच गएको मंगलबार पार्टी केन्द्रीय कार्यालयमै विवाद हुँदा हात हालाहालको अवस्था बनेको थियो ।

पार्टीमा मनलाग्दी क्रियाशील सदस्यता बाँडेर पार्टी कब्जाको प्रयास गर्नेका विषयमा बोल्दा वडाध्यक्षमाथि हातपात गरिएको भन्दै पौडेल पक्षले विरोध गरेको हो । त्यसको भिडियो सार्वजनिक भएसँगै विवाद थप बढ्दै गएको छ ।

पार्टी कार्यकर्ता कुट्नेलाई कारबाही गर्न सभापतिसँग माग गरिएको छ । पौडेल समूहले नेता अमरेशकुमार सिंहको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →