काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल सम्मेलनलाई सम्बोधन गरेका छन् । बाइडेनले विश्व नेताहरुलाई आयोजना गरेको उक्त सम्मेलनमा नेपालले पनि भाग लिएको हो ।
गएराती आयोजित सम्मेलनलाई सम्बोधन गर्दै देउवाले नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह (८० प्रतिशत)लाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताए । खोपको न्यायपूर्ण वितरण हुनुपर्ने बताउँदै देउवाले कोभिड–१९ महामारी नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताए ।
नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि उनले धन्यवाद दिए । राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गरेको सो भर्चुअल सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६ औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दैछन् ।
भिडियो: