गर्मी बढेसँगै कोही-कोहीलाई पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्।
आफैँ निको हुन्छ भनी ठान्छन् ।
तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ।यस्ता छन् पैतला पोल्नुका कारण:शरीरमा भिटामिन ‘बी’, फोलिक एसिड वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ।
उच्च रक्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ।
रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ। जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ।
यसै कारण पैतला पोल्न गर्छन्।मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ।
थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ।
साथै, औषधिको साइडइफेक्ट हुँदा, एचआईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ।
यस्ता छन् घरेलु उपचार:
पैतलामा जलन हुँदा सिरे नुन फाइदाजनक छ।
एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने। १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने।
केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ।मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ।
शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ।
प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।
लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।
बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ ।
हेर्नुहोस् कुन अंग फरफराउँदा के हुन्छ ?
ज्योतिष शास्त्रका अनुसार मानिसको विभिन्न अंग फरफराउँदा शुभ र अशुभको संकेत दिने गर्दछ ।
कुनै अंग फरफराउँदा शुभको संकेत दिन्छ भने कुनै अंक फरफराउँदा अशुभको संकेत दिने गर्छ ।
हुर्नुहोस् ज्योतिषहरुले भनेका विभिन्न अंगहरु फरफराउँदा हुने शुभ र सशुभ लक्षणहरुः
१. तल्लो ओठ फरफराउँदा प्रेम सुख हुन्छ ।
२. ओठको दाइने कुरा फरफराउँदा अचानक धन प्राप्ति हुन सक्छ ।
३. ओठको देब्रे कुना फरफरायो भने अचानक कुनै अमुल्य वस्तु गुम्न सक्छ ।
४. यदि दाईने आँखा फरफरायो भने शारीरिक कष्ट हुनसक्छ ।
५. दाईने आँखाको आँखी भौ मात्र फरफरायो भने कुनै खास इच्छा पुरा हुन सक्छ ।
६. देब्रे आँखाको आँखाी भौ फरफरायो भने कुनै शुभ समाचार मिल्न सक्छ ।
७. यदि दुवै गाला फरफरायो भने धनको प्राप्ति हुन सक्छ ।
८. कुनै व्यक्तिको दुवै ओठ एकसाथ फरफरायो भने निकै धन प्राप्त हुन सक्छ ।
९. यदि कुनै व्यक्तिको दुईवटा आँखाको बीचमा फरफरायो भने सुख सुविधा मिल्ने सम्भावना हुन्छ र निकट भविष्यमा कुनै ठूलो उपलब्धि हुने सम्भावना हुन्छ ।
१०. यदि कुनै व्यक्तिको घाँटी तिरको स्थान फरफरायो भने मानसम्मान प्राप्त हुनसक्छ ।
११. देब्रे तिघ्रा फरफरायो भने अपमानित हुन सक्छ ।
१२. दाइने तिघ्रा फरफरायो भने धन प्राप्ति हुन सक्छ ।
१३. दाइने पैतला चिलायो अथवा फरफरायो भने कुनै कठिनाईको सामना गर्नु पर्छ । यात्रामा जानुपर्ने हुनसक्छ ।