राष्ट्रलाई कसरी अघि बढाउने भन्नेबारे सोच्ने बेला आयोः पूर्वयुवराज्ञी हिमानी

पूर्वयुवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक सोच्ने बेला आएको बताएकी छन।

आज नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताइन्।

उनले आय आर्जनका लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरुको गरिबी निवारण गर्नुपर्ने बताइन्।

‘युवा र महिलाहरुलाई गरिबी निवारण गर्नको लागि नयाँ तैरतरिकाको अन्वेषण आवश्यक रहेको छ,’ उनले भनिन्,‘कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरुको समाधान गर्नुपर्छ।’

उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्ने बताइन्। उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरुले नजरअन्दाज गर्न नसक्ने बताइन्।

आफ्नो जन्मदिनको अवसरमा शाहले नवलपरासीका ५ सय बाढीपीडित घरपरिवारलाई राहत वितरण गरेकी हुन।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →